दफा ५
प्रतिष्ठानको कार्यालय
(१) प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(२) प्रतिष्ठानले आवश्यकता अनुसार नेपाल ………… को कुनै स्थानमा ग्रामीण विकास प्रशिक्षण केन्द्र, नगर विकास प्रशिक्षण केन्द्र तथा महिला विकास प्रशिक्षण केन्द्र स्थापना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिमका प्रशिक्षण केन्द्र र त्यसको लागि आवश्यक पर्ने जग्गा नेपाल सरकारले सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिम हस्तान्तरण भएका प्रशिक्षण केन्द्र सञ्चालनको लागि प्रदेश सरकारले आवश्यक व्यवस्था गर्नेछ।